काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले बिक्री हुन बाँकी रहेका हकप्रद सेयर लिलामीमा ल्याउने भएको छ। कम्पनीले हालै आफ्ना सेयरधनीका लागि १:१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो।
उक्त हकप्रदमा २८ हजार ७५५ जना लगानीकर्ताले आवेदन दिएर ५१ लाख १९ हजार ७०७ कित्ता सेयर वितरण भइसकेको छ। तर बाँकी रहेका २ लाख ३८ हजार ४४३ कित्ता सेयर बिक्री नभएकाले अब लिलामी प्रक्रियामार्फत लगानीकर्तालाई उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ।
कम्पनीले यस लिलामीमार्फत सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले समयमै आवेदन दिनुपर्ने र प्रक्रिया कम्पनीको नियम अनुसार सञ्चालन हुने बताएको छ।
Comment