काठमाडौँ । नेपालमा डिजिटल कारोबारले पछिल्लो समय उल्लेख्य वृद्धि देखाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा डिजिटल भुक्तानीको कुल रकम ९८४ खर्ब ३१ अर्ब ४३ करोड २ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५८.४० प्रतिशतले बढी हो। नेपाल राष्ट्र बैंकका तथ्यांक अनुसार, गत वर्ष डिजिटल भुक्तानी १ अर्ब ८४ करोड ३० लाख ५७ हजार ३१८ पटक भएको थियो। अघिल्लो वर्ष (२०८०/८१) मा डिजिटल कारोबारको कुल रकम ५७४ खर्ब ७८ अर्ब ३१ करोड २ लाख रुपैयाँ थियो।
डिजिटल कारोबारमा निरन्तर वृद्धि हुनुमा इन्टरनेट पहुँच, मोबाइल बैंकिङ, वालेट, डेबिट–क्रेडिट कार्ड, आरटीजीएस, आईपीएस, कनेक्ट आइपिएस लगायतका विभिन्न माध्यमहरूको प्रयोग बढ्नु मुख्य कारण रहेको छ। माध्यमअनुसार भुक्तानीमा आरटीजीएस मार्फत सबैभन्दा बढी ७४९ खर्ब १ अर्ब ७५ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको छ भने इसीसीबाट ६२ खर्ब ८९ अर्ब ३५ करोड ८ लाख रुपैयाँ, फास्टर पेमेन्ट सिस्टमबाट ५२ खर्ब ४१ अर्ब ७० करोड ४ लाख रुपैयाँ भुक्तानी भएको छ। मोबाइल बैंकिङमार्फत ५० खर्ब १८ अर्ब ३३ करोड ४ लाख रुपैयाँ, आईपीएसबाट २९ खर्ब ११ अर्ब २३ करोड ३ लाख रुपैयाँ, डेबिट कार्डबाट ११ खर्ब ३७ अर्ब ६७ करोड ३ लाख रुपैयाँ, एटीएमबाट १० खर्ब ८८ अर्ब ७० करोड ९ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसैगरी, क्यूआरबाट ९ खर्ब ५८ अर्ब ३८ करोड ३ लाख, वालेटबाट ५ खर्ब ६ अर्ब ३१ करोड ५ लाख, इन्टरनेट बैंकिङबाट २ खर्ब ३३ अर्ब ८० करोड, क्रेडिट कार्डबाट २४ अर्ब १ करोड ४ लाख, प्रिपेड कार्डबाट १२ अर्ब ५५ करोड ५ लाख र ब्रान्चलेस बैंकिङबाट १९ अर्ब ४३ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको छ। पिओएसबाट ७१ अर्ब ९६ करोड २ लाख, इकमर्सबाट १३ अर्ब ५३ करोड ५ लाख र क्रस-बोडर क्यूआरमार्फत २ अर्ब ६६ करोड ६ लाख रुपैयाँ भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार, डिजिटल कारोबार र भुक्तानी दुवैमा वृद्धि हुनु वित्तीय प्रणालीमा पारदर्शिता, सुविधा र प्रयोगकर्ताको पहुँच बढ्न मुख्य कारण बनेको छ।
Comment