पर्यटन क्षेत्रको विकास सरकारको प्राथमिकतामा : मन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले होटल व्यवसाय पर्यटनसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले यसलाई उत्पादनमुखी उद्योगको श्रेणीमा राखेर सहुलियत दिने विषयमा सरकार सक्रिय रहेको बताएका छन्।

जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुरेश बरालसहितको टोलीले मंगलबार मन्त्री खड्कालाई ध्यानाकर्षण पत्र बुझाए। मन्त्री खड्काका अनुसार, पर्यटन र होटल व्यवसाय देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने क्षेत्र भएकाले यसको प्रतिस्पर्धात्मक क्षमता बढाउन उत्पादनमुखी उद्योगसरह आवश्यक सहुलियत दिन सरकार सकारात्मक रहेको छ।

संघले बुझाएको ज्ञापनपत्रमा होटल व्यवसाय निरन्तर घाटामा रहेको, सञ्चालन खर्च धान्न कठिन भइरहेको र विजुली महशुलमा उत्पादनमुखी उद्योगसरह छुटको व्यवस्था तत्काल आवश्यक रहेको उल्लेख गरिएको छ। संघले पर्यटन क्षेत्रले राजस्व आर्जन, विदेशी मुद्रा भित्र्याउने, रोजगारी सिर्जना गर्ने र नेपालको पहिचान फैलाउने काम गरिरहेको भन्दै होटल व्यवसायलाई विशेष सुविधा दिनुपर्ने माग गरेको छ।

सरकारले २०८२–८३ को बजेटमा होटल र रेस्टुरेन्टलाई उत्पादनमुखी उद्योगको मान्यता दिँदै विद्युत् महशुलमा छुटको घोषणा गरेको भए पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको संघले जनाएको छ। संघले बजेट कार्यान्वयनमा ढिलासुस्तीका कारण व्यवसाय थप सङ्कटमा परेको भन्दै तत्काल निर्णयको माग गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।