राजनीति पातसँग हैन, जरासँग जोडिनुपर्छ :बास्कोटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिलाई क्षणिक पिरतीसँग होइन, गहिरो जरासँग जोड्नुपर्ने धारणा व्यक्त गरेका छन्। पार्टीभित्र नव गणेश र गैर वामपन्थी चरित्र हावी हुँदै गएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो टिप्पणी गरेका हुन्।

‘राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित हैन, रुखको जरासित लाउनु पर्छ,’ बास्कोटाले लेखेका छन्। उनका अनुसार सत्य र तथ्य बोल्दा समग्रमा फाइदा हुने भए पनि त्यसका कारण आन्तरिक समस्या आउने गरेको छ।

पार्टीमा ‘दिन भन्दा लिन आउने प्रवृत्ति’ बढेकाले समस्या उत्पन्न भएको उल्लेख गर्दै बास्कोटाले प्रदीप ज्ञवालीले उठाएको प्रसङ्गलाई समर्थन गरेका छन्। ‘कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनु भएछ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाए, तर पार्टीमा दिन हैन, लिन आएका नव गणेश र गैर वामपन्थी चरित्रका पत्कर उचालेर लगातार प्रहार गरियो,’ उनले लेखेका छन्।

बास्कोटाको भनाइलाई पार्टीभित्रका असन्तुष्टि र वैचारिक बहससँग जोडेर व्याख्या गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।