वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, रुस र उनका सहयोगी देशहरूबीच बढ्दो सम्बन्ध अमेरिकालाई विश्व मञ्चमा चुनौती दिने दाबी अस्वीकार गरेका छन्। ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ‘राम्रै सम्बन्ध’ रहेको उल्लेख गर्दै चीनलाई अमेरिकाको आवश्यकता अझ बढी रहेको दाबी गरे।
यसैबीच, राष्ट्रपति सी चिनफिङले बुधबार बेइजिङमा हुने ‘विजय दिवस’ परेडमा विश्व नेताहरूलाई आतिथ्य गर्ने तयारी गरेका छन्। यसलाई चीनले आफ्नो सैन्य शक्ति देखाउने अवसरका रूपमा हेरिएको छ।
उक्त परेडमा उत्तर कोरियाका नेता किम जोङ उन र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी हुनेछन्। पश्चिमी राष्ट्रहरूले उनीहरूलाई तिरस्कार गरेको पृष्ठभूमिमा, यस भेटलाई विश्व शक्तिहरूलाई सन्देश दिने प्रयासका रूपमा विश्लेषण गरिएको छ।
Comment