काठमाडौंमा नेपाली स्याउ उत्सव सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

निराज रानाभाट, काठमाडौं । राजधानीमा पहिलो पटक ‘नेपाली स्याउ उत्सव’ सुरु भएको छ। मुस्ताङ, जुम्ला, मुगु र डोल्पामा उत्पादन हुने स्याउलाई ब्रान्डिङ गर्दै सहज रुपमा उपभोक्तासम्म पुर्‍याउने उद्देश्यले भदौ १५ गतेदेखि सुरु भएको उत्सव असोज १० गतेसम्म चल्नेछ।

नयाँ बानेश्वरस्थित आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. को प्राङ्गणमा आयोजित उक्त उत्सव हरेक दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन भइरहेको छ। उत्सवमा स्थानीय स्याउ, रेड गाला लगायतका प्रजाति तथा स्याउबाट बनेका विभिन्न परिकारको प्रदर्शनी र बिक्री गरिएको छ। उपभोक्ताले चाहेको परिमाणमा स्याउ खरिद गर्ने सुविधा पनि रहेको आयोजकले जनाएको छ।

उत्सव अवधिभर रमाइलो खेलकुद, स्वास्थ्य सम्बन्धी कार्यक्रम, सिर्जनात्मक प्रतियोगिता, हरेक शुक्रबार किसान, वित्तीय संस्था (BFIs) र सरोकारवालासँग छलफल, साथै स्याउ आधारित उद्यमशीलता र नवप्रवर्तन प्रवर्द्धनका गतिविधि प्रमुख आकर्षण रहनेछन्।

त्यसैगरी, उत्सवका क्रममा स्थानीय स्याउलाई समेटेर भिडियो बनाउने सहभागीमध्ये एक जनालाई ५ किलो स्याउ उपहार दिने योजना पनि रहेको छ। उत्सव अवलोकनका लागि प्रवेश निशुल्क गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।