साउन महिनामा लघु जीवन बीमा कम्पनीले साढे ७ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा लघु जीवन बीमा कम्पनीहरूले साढे ७ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार, चार लघु जीवन बीमा कम्पनीहरूले सो अवधिमा ७ करोड ७३ लाख १५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका हुन्। यसमध्ये ७ करोड ६ लाख ३४ हजार रुपैयाँ नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) बाट आएको हो भने ६६ लाख ८१ हजार रुपैयाँ नविकरण बीमा शुल्कबाट संकलन भएको हो।

व्यवसायका आधारमा गार्डियन माइक्रो लाइफ अगाडि रहेको छ। कम्पनीले साउन महिनामा मात्र ३ करोड २६ लाख ३५ हजार रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ। यसमध्ये ३ करोड ९ लाख ५५ हजार रुपैयाँ नयाँ व्यवसायबाट र १६ लाख ८० हजार रुपैयाँ नविकरण बीमा शुल्कबाट प्राप्त भएको हो। लिवर्टी माइक्रो लाइफ दोस्रो स्थानमा रह्यो, जसले सो महिनामा २ करोड ६८ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार गर्‍यो। यसमा २ करोड ३९ लाख २१ हजार रुपैयाँ नयाँ व्यवसाय र २९ लाख ४५ हजार रुपैयाँ नविकरण बीमा शुल्क समावेश छ।

त्यसैगरी, क्रेष्ट माइक्रो लाइफले साउन महिनामा १ करोड ७८ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ। कम्पनीले १ करोड ५७ लाख ५८ हजार रुपैयाँ नयाँ व्यवसाय भित्र्याएको छ भने २० लाख ५६ हजार रुपैयाँ नविकरण बीमा शुल्कबाट आर्जन गरेको हो।

यी तीन कम्पनीले मात्र साउन महिनामा २ लाख ९५ हजार ७०८ बीमालेख बिक्री गरेका छन्। बीमालेख बिक्रीमा गार्डियन माइक्रो लाइफ अगाडि रह्यो, जसले १ लाख ५८ हजार ५२० बीमालेख जारी गर्‍यो। त्यस्तै, लिवर्टीले २४ हजार १७० र क्रेष्टले १३ हजार १८ बीमालेख बिक्री गरेका छन्।

बीमा प्राधिकरणका अनुसार, लघु जीवन बीमा कम्पनीहरूको व्यापार क्रमशः बढ्दै गएको छ र यसले वित्तीय पहुँच नपुगेका क्षेत्रमा बीमा सेवाको विस्तारमा महत्वपूर्ण योगदान दिइरहेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।