सिटीपे अब फोनेपेको क्युआर नेटवर्कमा, १७ लाखभन्दा बढी आउटलेटमा भुक्तानी सम्भव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनेपेले सिटीपे डिजिटल वालेटलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ वालेटका रूपमा स्वागत गरेको छ।

यस साझेदारीसँगै अब सिटीपे वालेट प्रयोगकर्ताहरूले फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्युआर नेटवर्कमार्फत देशभरका १७ लाखभन्दा बढी व्यापारी आउटलेटहरूमा सहज र सुरक्षित डिजिटल भुक्तानी गर्न सक्ने भएका छन्।

फोनेपेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिवस कुमारले सिटीपेलाई स्वागत गर्दै भने, “हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्ति र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउनु हो।”

त्यसैगरी, सिटीपेका सीइओ बिनय रेग्मीले यो साझेदारीलाई प्रविधि मात्र नभई लाखौं रेमिट्यान्स लाभार्थीलाई सशक्त बनाउने कदमका रूपमा लिएको बताए।

साझेदारीको अवसरमा सिटीपेले विशेष ‘पर्व अभियान’ पनि घोषणा गरेको छ। अभियान अन्तर्गत सेप्टेम्बर २ देखि नोभेम्बर २, २०२५ सम्म सिटीपे वालेटमार्फत गरिने प्रत्येक कारोबारले भाग्यशाली चिट्ठामा सहभागिता जनाउनेछ। यस अवधिमा दुई भाग्यशाली विजेताले मासिक रूपमा सामसङ टेलिभिजन जित्न सक्नेछन्।

यस्तै, रु ५०० भन्दा माथिको हरेक क्युआर कारोबारमा सिटीपेले २० रिवार्ड पोइन्ट दिनेछ, जुन नगद वा वस्तुमा रूपान्तरण गर्न सकिनेछ।

विज्ञहरूको भनाइमा, फोनेपे र सिटीपेको सहकार्यले नेपाललाई नगदरहित अर्थतन्त्रतर्फ अघि बढाउने मात्र होइन, डिजिटल कारोबारलाई अझ सुरक्षित, समावेशी र प्रयोगकर्तामैत्री बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।