न्याय परिषदद्वारा ६ जिल्ला न्यायाधीश नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। न्याय परिषदले ६ जना न्यायाधीश नियुक्त गरेको छ। न्याय परिषदको मंगलबार बसेको बैठकले जिल्ला न्यायाधीशहरू नियुक्त गरेको सूचना अधिकारी सुमन पाण्डेले बताए।

नियुक्त हुनेमा गोकुलबहादुर निरौला, अरूणकुमार कोइराला, कुलप्रसाद दाहाल, सूर्यप्रसाद भण्डारी, अनुपमा पन्त र विश्वदीप बेस्रा रहेका छन्। निरौला काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधीवक्ता, कोइराला प्रशासकीय अदालतका उपरजिष्ट्रार हुन्।

यस्तै, दाहाल रोल्पा जिल्ला अदालतका श्रेष्तेदार, भण्डारी सर्वोच्च अदालतका इजलास अधिकृत, पन्त सर्वोच्च अदालतकी उपरजिष्ट्रार र बेस्रा कानुन मन्त्रालयका उपसचिव हुन्।

नियुक्तिसँगै सबै न्यायाधीशको पदस्थापन भएको छ। निरौला कैलाली जिल्ला अदालत, कोइराला डडेल्धुरा जिल्ला अदालत, दाहाल कालिकोट जिल्ला अदालत, भण्डारी कञ्चनपुर जिल्ला अदालत, पन्त धनुषा जिल्ला अदालत र बेस्रा रौतहट जिल्ला अदालतमा पदस्थापन भएका छन्।

यस्तै, परिषदले उपनिर्वाचनका लागि निर्वाचन अधिकृत पठाउने निर्णय गरेको छ। रुपन्देही जिल्ला प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेत खटाइएको छ। मनाङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा र २ को प्रदेशसभा उपनिर्वाचनका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठको नियुक्ति गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।