काठमाडौं। काठमाडौंको गोंगबुस्थित एक घरमा प्रहरीले छापा मारेर ठूलो मात्रामा नगद रकम बरामद गरेको छ।
अवैध रूपमा रकम लुकाएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले गोंगबुको एक घरमा छापा मारेको हो।
एसएसपी शेखर खनालका अनुसार हालसम्म तीन करोड ७५ लाख रुपैयाँ बराबरको नगद फेला परेको र सुन पनि बरामद गरिएको छ। रकम र सुन कति छ भन्ने एकिन गर्ने काम भइरहेको छ।
छापाको क्रममा विनोद श्रेष्ठलाई पक्राउ गरिएको छ। बरामद रकम र सुनसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। https://nepalnews.com/2025/09/02/police-raid-house-in-gongabu-shrestha-arrested-with-rs-37-5-million/
Comment