देशको समृद्धिका लागि भौतिक विकास मात्र पर्याप्त होइन : राष्ट्रपति पौडेल  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि भौतिक विकाससँगै साहित्य, कला, सङ्गीत र संस्कृति क्षेत्रको उतिकै महत्त्व रहेको बताएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव–२०८२ मा विजयी कविहरूलाई सम्मान गर्दै उनले नेपाल विविध भाषा, जाति र संस्कृतिहरूको साझा थलो भएको उल्लेख गरे।

‘साहित्य र समाज एक अर्काका पूरक हुन्,’ भन्दै राष्ट्रपति पौडेलले भाषा, साहित्य र संस्कृतिको संरक्षण–संवर्धन सबैको साझा दायित्व भएको बताए। उनले प्राज्ञिक क्षेत्रमा क्रियाशील प्रतिभाको कदर र सम्मान गर्दै सरकारले पनि भाषा–साहित्यको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

राष्ट्रपतिले उत्कृष्ट दस भित्र पर्न सफल कविहरूलाई बधाई दिंदै सृजनात्मक यात्राको प्रगतिका लागि शुभकामना व्यक्त गरे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।