लाइफ इन्स्योरेन्स कर्पोरेशन स्थापनाको २४ वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल) ले आफ्नो स्थापना दिवस मनाउँदै २५औँ वर्षमा प्रवेश गरेको छ । इ।स। २००१ सेप्टेम्बर १ मा स्थापना भएको एलआइसी नेपाल निरन्तर रूपमा बीमित तथा सेवाग्राहीलाई उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आइरहेको एक अग्रणी बीमा कम्पनी मानिन्छ ।

२४औँ वार्षिकोत्सवको अवसरमा कम्पनीको कर्पोरेट कार्यालयमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कम्पनीका संचालक कोमल अग्रवाल ले उत्कृष्ट कार्य गर्ने अभिकर्ता, एजेन्सी म्यानेजर तथा निमन्त्रणा प्राप्त अतिथिलाई दोसल्ला, टिका र माला लगाई सम्मान गरे । बीमा शुल्क संकलनमा प्रथम भएका एजेन्ट पूर्ण बहादुर खड्का, रामकुमार अधिकारी र एजेन्सी म्यानेजर रीता खतिवडा लाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक प्रणय कुमार ले विषम परिस्थितिसमेत बीमाको माध्यमबाट नागरिकको जीवनमा आउने जोखिम न्यूनिकरण गर्दै आम जनताको विश्वास जित्न कम्पनी सफल भएको बताए । उनले यस वर्ष नविकरण शुल्क संकलनमा ऐतिहासिक रेकर्ड कायम गर्नुका साथै जीवन बीमा कोषको आधारमा नेपालमा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गरे । साथै, २४ वर्ष पूरा गरी २५औँ वर्षमा प्रवेश गर्नु गर्वको विषय भएको भन्दै नियामक निकाय, सञ्चालक समिति, शेयरधनी तथा कर्मचारीप्रति धन्यवाद ज्ञापन गरे ।

त्यसैगरी प्रमुख अतिथि सुवेदीले एलआइसी नेपाललाई ‘बीमा क्षेत्रको विश्वविद्यालय’ भन्दै यहाँबाट धेरै जनशक्तिले बीमा सम्बन्धी ज्ञान हासिल गरेको बताए । उनले एलआइसी नेपालको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै भविष्यमा अझ उच्चाइमा पुर्‍याउन थप मेहनत गर्नुपर्नेमा जोड दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।