‘हरिबहादुरको जुत्ता’ को ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको बहुप्रतिक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘ढाका टोपी शिरैमा’ बोलको उक्त गीतमा दानबहादुर कार्कीको शब्द, दीपक शर्माको संगीत र आशिष अविरल तथा मेलिना राईको स्वर रहेको छ । गीतको भिडियोमा हरिवंश आचार्यसँगै प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्, जहाँ प्रकाश र स्वस्तिमाले जोडीका रूपमा छमछमी नृत्य गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हरिवंश आचार्यले हरिबहादुर क्यारेक्टरलाई ठूलो पर्दामा ल्याउनुपरेको कारण खुलाए । उनले टेलिभिजनमा निरन्तरता दिन फण्डिङमा समस्या आएपछि फिल्ममार्फत यो क्यारेक्टरलाई दीर्घकालीन बनाउन खोजिएको बताए । “सिरियलमा भन्दा फिल्ममा सुरुदेखि अन्त्यसम्म क्यारेक्टरमा रहनुपर्ने रहेछ, यही फरक हो,” उनले भने ।

यस अवसरमा अभिनेत्री स्वस्तिमा खड्काले हरिवंश आचार्यसँग काम गर्न पाउँदा गर्व लागेको बताइन् भने अभिनेता प्रकाश सपुतले हरिबहादुर जस्तो आइकोनिक क्यारेक्टरसँग स्क्रिन सेयर गर्न पाउनु आफ्नो भाग्य ठानेका छन् ।

फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासहित प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहनेछ । एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको यस फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । ‘हरिबहादुरको जुत्ता’ दसैँको फूलपातीको दिनदेखि देशभर प्रदर्शनमा आउनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।