राजसंस्था पुन:स्थापना आन्दोलनको कार्यबाहक संयोजकमा धवलशमशेर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजसंस्था पुनःस्थापनाको आन्दोलनको कार्यबाहक संयोजकको जिम्मेवारी राप्रपा महामन्त्री धवलशमशेर राणालाई दिइएको छ।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आफू देशबाहिर रहेकाले उक्त जिम्मेवारी अस्थायी रूपमा राणालाई तोकेको जानकारी दिएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै सुवेदीले, “म देशबाहिर रहुञ्जेल मेरो उपस्थितिमा मैले गर्दै आएको सम्पूर्ण जिम्मेवारी कार्यबाहक संयोजकको रूपमा धवलशमशेर राणालाई अख्तियारी दिएको छु,” भनेका छन्।

चैत १५ गते तीनकुने घटनापछि राजसंस्थावादीहरूबीच मतभिन्नता चुलिएको छ। उक्त घटनामा राणाविरुद्ध ज्यान मार्ने उद्योग र राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दा विचाराधीन छ। सोही घटनापछि राजसंस्था पुनःस्थापनाको आन्दोलन केही समयदेखि मन्द गतिमा रहेको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।