एससीओ शिखर सम्मेलनमा मोदी, पुटिन र जिनपिङको त्रिपक्षीय भेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको त्रिपक्षीय भेटघाट एका छन्।

प्रधानमन्त्री मोदीले तीन नेताको तस्बिर सामाजिक सञ्जालमा साझा गरेका छन्। सोमबार आयोजित फोटो सेसनमा भाग लिएको मोदीले त्यसपछि पुटिन र जिनपिङसँग भेटेर विभिन्न विषयमा छलफल गरेका थिए। यस भेटघाटले तीन देशबीचको त्रिपक्षीय कूटनीतिक सम्बन्धलाई अझ स्पष्ट बनाएको बताइएको छ।

भेटवार्ताको क्रममा मोदी र पुटिनबीच हार्दिक अँगालो साटासाट भएको थियो। केही समयपछि मोदीले एससीओ बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने उनी पुटिनसँग अलग द्विपक्षीय वार्तामा पनि सहभागी हुनेछन्।

हिजो मोदीले राष्ट्रपति सीसँग व्यापार, आतंकवाद र अन्य महत्वपूर्ण विषयमा विस्तृत छलफल गरेका थिए। शिखर सम्मेलनमा सहभागी अन्य नेताहरूले सामूहिक तस्बिर खिचेका थिए, जसमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ पनि उपस्थित थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।