मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ’ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मुस्ताङको लोमान्थाङस्थित ४,७०० मिटर उचाइको गल्फ कोर्सलाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा दर्ता गर्ने अभियानसहित ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को चौथो संस्करण आगामी भदौ २८ र २९ गते हुने भएको छ।

आयोजक ‘मुस्ताङ गल्फ कोर्स’का अनुसार प्रतियोगितामा नेपालसहित विभिन्न देशका करिब ६० जना गल्फर सहभागी हुनेछन्। यसपटक पहिलोपटक १८ होलको खेल सञ्चालन हुनेछ।

विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने होल–इन–वानका लागि विशेष आकर्षणस्वरूप घोडा पुरस्कार राखिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।