प्रियंका बनिन एमजी एस ५ ईभीको ब्रान्ड एम्ब्यासडर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि एमजी (मोरिस गराजेज) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले मिस नेपाल वल्र्ड २०२२ तथा चर्चित मोडल प्रियंका रानी जोशीलाई स्टाइलिश र डायनामिक एमजी एस–फाइभ इभीको ब्राण्ड एम्बासडरको रूपमा नियुक्त गरेको घोषणा गरेको छ।

यस सम्झौतासम्बन्धी हस्ताक्षर समारोह भदौ ११ गते, बुधबार, प्यारामाउन्ट मोटर्सको काठमाडौंस्थित शोरुममा सम्पन्न भयो। यो साझेदारी आगामी दुई वर्षसम्म लागू हुनेछ।

प्रियंका रानी जोशी अब नेपालमा एमजी एस–फाइभ इभीको फेसको रूपमा प्रस्तुत हुनेछिन् र आगामी दुई वर्षसम्म यस कारको स्टाइल, इनोभेशन र आधुनिक गतिशीलतालाई प्रवर्द्धन गर्नेछिन्। प्यारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिल बहादुर क्षेत्रीका अनुसार प्रियंकाले आत्मविश्वास, शालीनता र आधुनिक गतिशीलताको प्रतिनिधित्व गर्ने भएकाले उनी एमजी ब्राण्डसँग पूर्ण रूपमा मेल खान्छिन्। उनले भने, “हामी उनलाई एमजी परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त खुशी छौं र यस साझेदारीमार्फत नयाँ दर्शकसम्म पुग्ने अपेक्षा राख्छौं।”

उत्साह व्यक्त गर्दै प्रियंकाले पनि एमजीसँग, विशेषतः एमजी एस–फाइभ इभीसँग आबद्ध हुन पाउँदा अत्यन्तै खुशी व्यक्त गरिन्। उनले भनिन्, “एमजी इनोभेशन, परफर्मेन्स र सफिस्टिकेशनको प्रतीक हो। प्यारामाउन्ट मोटर्स र एमजीसँगको यो रोमाञ्चक यात्राको लागि म उत्साहित छु।”

प्रियंकाको ब्राण्ड एम्बासडरको रूपमा सहभागिताले एमजी एस–फाइभ इभीलाई युवा र सवारीप्रेमी दर्शकहरूसँग अझ नजिक ल्याउनेछ र ब्राण्डको प्रभाव तथा पहुँच विस्तार गर्नेछ। यस साझेदारीसँगै प्यारामाउन्ट मोटर्सले नेपालमा एमजी एस–फाइभ इभीको उपलब्धता, आकर्षक डिजाइन, अत्याधुनिक फिचर र शक्तिशाली परफर्मेन्सलाई अझ प्रचार गर्ने लक्ष्य राखेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।