एनआईसी एसियाले ल्यायो ३ करोडसम्मको घरकर्जा योजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई ३ करोडसम्म घर कर्जा प्रदान गर्ने भएको छ। बैंकले सोहीअनुसार ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो।

‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने जनाएको छ। यसअनुसार न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोडसम्म प्रदान गरिनेछ।

एनआईसी एसिया साथी घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ। सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष छ।

‘घर खरिद तथा निर्माण गर्ने ग्राहकहरुको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ’, बैंकले भनेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।