काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलप्रति नकारात्मक धारणा जबरजस्ती निर्माण गरिएको बताउँदै त्यसलाई उत्कृष्ट काममार्फत तोड्नुपर्ने बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित शिव पञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन गर्दै थापाले राजनीतिक दलमा आवद्ध हुनु खराब भन्ने गलत भाष्यलाई केवल आलोचना गरेर होइन, जिम्मेवारीमा रहेर राम्रो काम गरेर मात्र अस्वीकार गर्न सकिने उल्लेख गरे।
उनले भने, “राजनीतिक दलमा आवद्ध हुनु भनेको खराब हो भन्ने भाष्यलाई गलत सावित गर्ने कुरा अरुलाई गाली गरेर सम्भव छैन। जहाँ–जहाँ राजनीतिक दलमा आवद्ध मानिसले सार्वजनिक जिम्मेवारी पाएको छ, त्यहाँ उत्कृष्ट काम गरेर देखाउनुपर्छ। त्यही कामले मात्र त्यो भाष्यलाई गलत प्रमाणित गर्छ।”
थापाले समाजमा बनेको गलत सोचलाई तोड्न दलका प्रतिनिधिहरूले इमान्दारिता र नतिजामुखी कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
Comment