सुदूरपश्चिममा मनसुन सक्रिय, देशभर बदली र वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले देशभर वर्षाको गतिविधि बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार बिहान सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कञ्चनपुरको दोधारामा पछिल्लो एक घण्टामै ३९.८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ भने डोटीको गैरामा १५ मिलिमिटर र डडेलधुराको साहुखर्कमा १०.८ मिलिमिटर वर्षा भएको छ। बैतडी, बझाङलगायतका स्थानमा पनि वर्षा भइरहेको विवरणमा उल्लेख छ।

दिउँसो देशभर सामान्यतया बदली रहने र कोशी, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बाँकी पहाडी र तराई भू–भागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको चेतावनी महाशाखाले दिएको छ। सोमबार राति पनि देशभर बदली रहने र सुदूरपश्चिम, बागमती, गण्डकी, लुम्बिनी तथा अन्य प्रदेशका पहाडी भूभागमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।