गंगा सोनामले जितिन् नेपाल आइडल सिजन-६ को उपाधि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल’ सिजन ६ को उपाधि सिन्धुपाल्चोककी गंगा सोनामले जितेकी छन्। आइतबार राति ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन्।

गंगा नेपाल आइडलको इतिहासमा दोस्रो महिला विजेता बनेकी छन्। यसअघि सिजन ३ मा सज्जा चौलागाईंले पहिलो पटक महिला विजेता बनेकी थिइन्।

विजेतासँगै गंगाले उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरिन्। यस सिजनमा सिक्किमकी बबिता थापा मगर फर्स्ट रनर अप बनेकी छिन्। उनले नगद १० लाख रूपैयाँसहित पुरस्कार पाइन्। चितवनकी दर्शना गान्धारी सेकेन्ड रनर अप घोषित भइन् र उनले ५ लाख रूपैयाँसहित उपहार पाइन।

दार्जिलिङका अभिनय खाति चौथो स्थानमा रहँदा काठमाडौंका मृनल मानन्धर पाँचौँ बने। उनीहरूले आ–आफ्नो श्रेणीमा १–१ लाख रूपैयाँ जिते।

निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने उद्घोषकको भूमिका आसिफ शाहले निभाए। कार्यक्रमको निर्देशन सुरेश पौडेल र एलेन श्रेष्ठले गरेका थिए।

फिनाले एपीवान टेलिभिजनसँगै नेपाल आइडलको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण गरिएको थियो। नेपाल आइडलका अघिल्ला विजेतामा बुद्ध लामा, रवी ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर र करण परियार रहेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।