काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले सर्वसाधारणका लागि भदौ ११ गतेदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा आवेदन दिने अन्तिम दिन आज, भदौ १५ गते तोकिएको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि कुल ४३ लाख ४१ हजार ८० कित्ता शेयर उपलब्ध गराएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट लिमिटेड रहेको छ।
यसअघि कम्पनीले आयोजना प्रभावित तनहुँ र गोरखा जिल्लाका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई प्राथमिक शेयर वितरण गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले असार १९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। स्वीकृतिसँगै कम्पनीले कुल ५८ लाख ६० हजार कित्ता (५८ करोड ६० लाख रुपैयाँ बराबर) शेयर सार्वजनिक गर्ने तयारी गरेको हो।
हाल कम्पनीले तनहुँमा केवलकार र होटल व्यवसाय सञ्चालन गरिरहेको छ।
Comment