काठमाडौं। आईसिएफसि फाइनान्सले ऋणपत्र निष्काशन गर्ने योजना अघि सारेको छ। कम्पनीको साउन २७ गते बसेको संचालक समितिको बैठकले ऋणपत्र निष्काशन गर्ने निर्णय गरेको थियो भने, राष्ट्र बैंकले भदौ ९ गते उक्त ऋणपत्र निष्काशनका लागि स्वीकृति दिएको छ।
कम्पनीले प्रति ऋणपत्र १००० रुपैयाँ दरले कुल ५० करोड रुपैयाँ बराबरका ५ लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। यस ऋणपत्रमा कम्पनीले वार्षिक ८ प्रतिशत ब्याज प्रदान गर्ने प्रस्ताव गरेको छ।
धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त भएपछि मात्र कम्पनीले औपचारिक रूपमा ऋणपत्र निष्काशन प्रक्रिया अगाडि बढाउने जनाएको छ।
आईसिएफसि फाइनान्सले यस ऋणपत्रमार्फत जुटाएको रकमलाई कम्पनीको सञ्चालन र पूँजी संरचनामा सुधार गर्ने उद्देश्यले प्रयोग गर्ने जनाएको छ।
Comment