काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाको आइपीओ आज बिहीबार बाँडफाँट गरेको छ । धितोपत्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङको कार्यालयमा लघुवित्तको आइपीओ बाँडफाँट गरिएको हो ।
लघुवित्तले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्काशन गरेको थियो। सो आईपीओमा २४ लाख ४० हजार ४६० जनाले कुल २ करोड ७४ लाख ६४ हजार ५७० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २४ लाख ३६ हजार ३९३ आवेदन स्वीकृत भएको थियो भने २ हजार ३०० आवेदन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत आईपीओ बाँडफाँट गरिएको छ। जस अनुसार १९ हजार ५१९ जनाले १० कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्। यसरी बाँडपाँट गर्दा बाँकी रहेको ५ कित्ता शेयर पनि सोही लगानीकर्ताहरुमाझ वितरण गरिएको छ। जस अनुसार ५ जनाले थप एक कित्ता अर्थात कुल ११ कित्ताका दरले लघुवित्तको शेयर प्राप्त गरेका छन्।
Comment