रास्वपा नेता अरनिको पाँडे प्रहरी नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिको पाँडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रास्वपाका केन्द्रीय सदस्य पाँडे साइबर अपराध सम्बन्धी उजुरीका आधारमा पक्राउ परेका हुन्।

एक महिलालाई अनलाइनमार्फत दुर्व्यवहार गरेको उजुरीको आधारमा पाँडेलाई नियन्त्रणमा लिइएको साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीले जानकारी दिए। उनलाई उजुरीउपर छलफल गर्न ब्युरोमा बोलाइएको थियो। उनलाई छलफलकै क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो। अहिले पाँडेलाई भोटाहिटीस्थित ब्युरोमै हिरासतमा राखिएको छ।

“एक महिलालाई अनलाइनमार्फत दुर्व्यवहार गरेको उजुरीको विषयमा सोधपुछ गर्न उहाँलाई नियन्त्रणमा राखेका हौं। आज अदालत लैजान भ्याइएन। भोलि अदालत लगेर म्याद थप गर्छौं”, अवस्थीले भने।

पाँडे वायुमण्डलसम्बन्धी वैज्ञानिक हुन्। जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा उनले नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।