मच्छेगाउँमा भदौ १४ गते ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी तथा सम्मान कार्यक्रम’ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौंको चन्द्रागिरि नगरपालिका-९, मच्छेगाउँस्थित भलिबल ग्राउण्डमा भदौ १४ गते शनिबार ‘राष्ट्रिय लाखे नाच प्रदर्शनी सांस्कृतिक तथा सम्मान कार्यक्रम – २०८२’ हुने भएको छ।

‘आफ्नो ठाउँको मौलिक कला र संस्कृति साटासाट गरौं’ भन्ने नारासहित हुने कार्यक्रम नेपाल सांस्कृतिक कला मन्दिर, मच्छेगाउँको आयोजनामा र चन्द्रागिरि नगरपालिकाको विशेष सहयोगमा सम्पन्न हुने हो।

कार्यक्रममा देशभरका ५० वटा जिल्लाबाट लाखे नाच सहभागी हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, सहभागी टोलीको दर्ता म्याद भदौ १२ गतेसम्म रहेको छ।

नगरप्रमुख घनश्याम गिरीले लाखे नाचले संस्कृतिको संरक्षण र युवामा चेतना जगाउने बताउँदै, सबैलाई सहभागिताको आह्वान गरेका छन्। कार्यक्रममा भक्तपुरको भाष्मासुर मोहिनी नाच पनि प्रस्तुत गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।