७ दिनभित्र सूचीकरण हुन नआए फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल सरकारले सामाजिक सञ्जालको प्रयोगलाई थप व्यवस्थित तथा जवाफदेही बनाउन फेसबुकसहित सबै प्रमुख सामाजिक सञ्जाललाई सात दिनभित्र सूचीकरण गर्न निर्देशन दिएको छ।

भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘सामाजिक सञ्जाल प्रयोग निर्देशिका २०८०’ र सर्वोच्च अदालतको आदेशको आधारमा यो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी दिनमा सात दिनको समयसीमा तोकी सामाजिक सञ्जालहरूलाई नेपालमा सूचीकरणको प्रक्रिया अगाडि बढाउन सार्वजनिक आह्वान गर्नेछ।

सरकारको निर्णय अनुसार, तोकिएको समयभित्र सम्पर्कमा नआउने वा सूचीकरणमा नआएका सामाजिक सञ्जालहरूलाई नेपालमा निष्क्रिय गरिनेछ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणमार्फत आवश्यक प्रविधिगत प्रक्रिया अघि बढाउने जिम्मा मन्त्रालयलाई दिइएको छ।

यस कदमलाई डिजिटल क्षेत्रमा पारदर्शिता, नियमन र प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिने प्रयासका रूपमा हेरिएको छ।

सूचना प्रविधि क्षेत्रका विज्ञहरूका अनुसार, यस्तो नियमनले सामाजिक सञ्जालहरूको उत्तरदायित्व बढाउनेछ र डिजिटल वातावरण थप सुरक्षित बनाउने दिशामा सहयोगी बन्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।