काठमाडौं । नेपाल भुटानमा जारी साफ यु-१७ महिला च्याम्पयिनसिपको उपाधि होडबाट बाहिरिएको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा बुधबार भएको खेलमा बंगालदेशसँग ४-१ गोलले पराजित भएसँगै नेपाल उपाधि होडबाट बाहिरिएको हो। नेपालले चार खेलबाट ३ अंकमात्र जोडेको छ । भारत र बंगलादेशले तीन-तीन खेलमा जित निकालेका छन् । २ खेलमात्र बाँकी रहँदा नेपाल उपाधि होडबाट बाहिरिएको हो ।
बुधबार नेपालको लागि कप्तान भूमिका बुढाथोकीले पहिलो हाफको इन्जुरी समयमा सान्त्वना गोल गरिन्।
नेपालले जारी प्रतियोगितामा आफनो पहिलो खेल भारतसँग खेलेको थियो। जहाँ भारतसँग नेपाल ७-० को फराकिले अन्तरले पराजित भएको थियो।
आयोजक भुटानलाई २-१ गोलले हराएको नेपाल पहिलो चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग ३-० ले पराजित भएको थियो ।
डबल राउण्ड रोबिनका आधारमा जारी प्रतियोगितामा दोस्रो चरणका सबै खेल जित्नु पर्ने दबाबमा रहेको नेपाल पहिलो खेलमा बुधबार फेरि बंगलादेशसँग पराजित हुन पुग्यो ।
नेपालले अब अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्न छ।
Comment