काठमाडौं । सिस्टम मर्मत र स्तरवृद्धि कार्यका कारण खल्तीमार्फत हुने बुध्द एयरको फ्लाइट बुकिङ सेवा अस्थायी रुपमा बन्द हुने भएको छ ।
खल्तीले जारी गरेको सूचनामा भदौ १० गते(आज) बेलुकी ८ बजेदेखि भदौ ११ गते बिहान ५ बजेसम्मका लागि बुध्द एयरको फ्लाइट बुकिङ सेवा उपलब्ध नहुने जनाइएको छ ।
यस अवधिमा खल्तीमार्फत बुध्द एयरको टिकट बुकिङ गर्न नसकिने हुँदा असुविधा भएकोमा ग्राहकसँग क्षमायाचना समेत गरिएको छ।
Comment