ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा चीन विश्वमै अग्रस्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय सफलता प्राप्त गर्दै विश्वमै अग्रस्थान हासिल गरेको छ।

हालसम्म चीनले नयाँ ऊर्जासम्बन्धी विश्वभर दर्ता भएका कुल प्रविधिगतअधिकारहरूमध्ये ४० प्रतिशतभन्दा बढी अधिकार प्राप्त गरेको चीनको राष्ट्रिय ऊर्जा प्रशासनका प्रमुख वाङ होङझीले जानकारी दिए। बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उनले चौधौँ पाँचवर्षीय योजना (सन् २०२१–२०२५) अवधिभर चीनले ऊर्जा प्रविधिमा निरन्तर नवीनता ल्याउँदै धेरै क्षेत्रमा विश्व कीर्तिमान कायम गरेको बताएका हुन्।

सौर्य ऊर्जाको रूपान्तरण दक्षता (घामबाट विद्युत् उत्पादन गर्ने क्षमता) मा चीनले उल्लेखनीय सुधार गर्दै उच्च स्तरको प्रविधि विकास गरेको छ। त्यस्तै, समुद्री हावाबाट ऊर्जा उत्पादन गर्ने विशाल क्षमताका टर्बाइन निर्माणमा पनि चीनले अग्रता लिएको बताइएको छ। नयाँ प्रविधिमा आधारित ऊर्जा भण्डारण प्रणालीहरूको विकास र कार्यान्वयनमा समेत चीन अहिले विश्वकै अगाडि छ।

प्रविधिगत नवप्रवर्तनका साथै चीनले वातावरण संरक्षण र हरित विकासमा विशेष जोड दिएको छ। चिनिया प्रविधि अहिले विश्वका धेरैजसो देशहरूमा निर्यात भई प्रयोगमा आइरहेका छन्, जसले स्वच्छ ऊर्जा प्रणाली निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको चीनको दाबी छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।