नागा बाबाको नग्नतालाई अश्लीलता भन्न मिल्दैन : सर्वोच्च अदालत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सर्वोच्च अदालतले महाशिवरात्रि पर्वमा पशुपतिनाथ क्षेत्रमा आउने नागा बाबाहरूको निर्वस्त्र उपस्थितिलाई अश्लीलता भन्न नमिल्ने स्पष्ट पारेको छ।

न्यायाधीश द्वय कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले २७ भदौ २०८१ मा सुनाएको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने उल्लेख गरेको हो।

२०७४ माघ २८ मा दायर गरिएको रिटमा नागा बाबाहरूको सार्वजनिक नग्नता, शरीरमा लगाएको खरानी महिला तथा बालबालिकालाई दलिदिनु, तथा यौनजन्य हिंसा र मनोवैज्ञानिक असर परेको भन्दै ती गतिविधिमा रोक लगाउन माग गरिएको थियो।

तर, अदालतले नागा बाबाहरूको उपस्थिति सनातन धर्म, परम्परा र हिन्दू धार्मिक संस्कृतिअनुकूल भएको व्याख्या गरेको छ। संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रताको हकअनुसार उनीहरूको धार्मिक अभ्यासमा हस्तक्षेप गर्न नमिल्ने सर्वोच्चको निष्कर्ष छ।

रिट खारेज गर्दै सर्वोच्चले भनेको छ, “पशुपतिनाथ क्षेत्रभित्र नागा बाबाहरूको उपस्थिति र आचरण सनातन धार्मिक अभ्याससँग सम्बन्धित भएकोले त्यसलाई सामान्यत: अश्लीलता वा अनैतिकताको दृष्टिले व्याख्या गर्न मिल्दैन।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।