नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिटबीच सम्झौता, १५ प्रतिशतसम्म छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल बैंक लिमिटेड र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. बीच सम्झौता भएको छ ।

बैंकमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्टले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिटको तर्फबाट निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारीहरू, कर्मचारीका परिवार र ग्राहकहरूलाई माउन्टेन भिस्टाले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।