न्यूक्यासललाई हराउँदै लिभरपुलको लगातार दोस्रो जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक खेलमा न्यूक्यासल युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ।

गएराति सम्पन्न खेलको निर्णायक गोल इन्जुरी समयमा रियो एनगुमोहाले गरेका थिए। लिभरपुलका लागि यसअघि रयान ग्राभेनबर्च र हुगो एकिटिकेले एक–एक गोल गरेका थिए। उता, न्यूक्यासलका ब्रुनो गुइमाराएज र विलियम ओसुलाले गोल गर्दै खेललाई प्रतिस्पर्धात्मक बनाएका थिए।

खेलको पहिलो हाफको अन्त्यतिर एन्थोनी गोर्डोनले रातो कार्ड पाएपछि न्यूक्यासल १० खेलाडीमा सीमित भएको थियो। यस जितसँगै लिभरपुलले लिगमा लगातार दोस्रो सफलता हात पारेको छ।

दुई खेलबाट ६ अंक जोडेको लिभरपुल तालिकामा तेस्रो स्थानमा पुगेको छ। अर्कोतर्फ पहिलो खेल बराबरी खेलेको न्यूक्यासल दोस्रो खेलमा हार्दै सिजनको सुरुवात कमजोर गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।