सूचना प्रवाहलाई सहज बनाउने ललितपुरका प्रजिअ सुमन घिमिरेको प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर । ललितपुर ललितपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले सार्वजनिक सूचनाको प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका प्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिवद्ध रहने स्पष्ट पारे।

ललितपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सुमन घिमिरेले सार्वजनिक सूचनाको प्रवाहलाई प्रभावकारी र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन्। सोमबार नेपाल पत्रकार महासंघ ललितपुर शाखाका प्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले नागरिकको सूचनाको हक सुनिश्चित गर्न प्रशासन पूर्ण रूपमा प्रतिवद्ध रहने स्पष्ट पारे।

प्रजिअ घिमिरेले पत्रकार वा सर्वसाधारणले मागेका सूचना समयमै, सहज र पारदर्शी रूपमा उपलब्ध गराउन जिल्लाभित्रका सबै सरकारी निकायलाई निर्देशन दिने जानकारी दिए। “सार्वजनिक चासोका सूचना लुकाउने वा ढिलासुस्ती गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने आवश्यकता छ,” उनले भने, “सूचना प्रवाहलाई मैले आफ्नो पहिलो प्राथमिकतामा राखेको छु।”

कार्यक्रममा उनले ललितपुरलाई सफा, सुरक्षित र सांस्कृतिक सहरको रूपमा अझ प्रभावकारी बनाउन प्रशासनले आवश्यक पहल गर्ने उल्लेख गरे। साथै, समाजमा तीव्र रूपमा फैलिरहेको लागुऔषध दुव्र्यसनको समस्यालाई ‘सामाजिक क्यान्सर’ भन्दै यसको नियन्त्रणलाई प्रशासनको उच्च प्राथमिकतामा राखिने बताए। “लागुऔषधमा फस्ने ७० प्रतिशतभन्दा बढी युवा साथीभाइको संगतका कारण फस्ने गरेका छन्,” उनले भने, “यसविरुद्ध कडा अभियान सञ्चालन गरिनेछ।”

आगामी चाडपर्वलाई लक्षित गर्दै प्रजिअ घिमिरेले बजारमा देखिन सक्ने कृत्रिम मूल्यवृद्धि, नापतौलको त्रुटि र उपभोक्ताविरुद्धका अनियमिततामाथि कडाइका साथ निगरानी गरिने जनाए। उनले शान्ति–सुरक्षा कायम गर्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता समेत व्यक्त गरे।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले जिल्लाका केही कार्यालयमा अझै पनि सूचना लुकाउने प्रवृत्ति कायमै रहेकोप्रति चिन्ता व्यक्त गरे। उनले प्रजिअलाई सबै कार्यालयका सूचना अधिकारीहरूको सम्पर्क खुला गराउन अनुरोध गर्दै सञ्चारकर्मीको काम सहज बनाउने वातावरण सुनिश्चित गर्न सहयोगको अपेक्षा गरे।

भेटघाट कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेसहित ललितपुरमा क्रियाशील पत्रकारहरूको उपस्थिति थियो।

गत शुक्रबार मात्रै ललितपुरमा हाजिर भएका प्रजिअ घिमिरेले पदभार ग्रहणलगत्तै सञ्चारकर्मीहरूसँग प्रत्यक्ष संवाद गरी आफ्नो कार्यशैली सार्वजनिक गरेका छन्। उनीको यो सक्रियता प्रशासन र सञ्चारकर्मीबीचको सम्बन्ध मजबुत बनाउने सकारात्मक संकेतको रूपमा लिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।