नेप्सेमा दोहोरो अंकको सुधार, ५ अर्ब ७५ करोडको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन दिनको गिरावटपछि सोमबार सेयर बजारमा उत्साहजनक सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.२२ अंकले उकालो लागेर २७६३.१८ बिन्दुमा पुगेको हो।

अघिल्लो कारोबार दिन आइतबार नेप्से १८.०२ अंकले घटेर २७३९.९५ बिन्दुमा झरेको थियो। यसअघि पनि लगातार दुई दिन नेप्से ओरालो लागेको थियो। सोमबारको सुधारसँगै लगानीकर्तामा केही राहत देखिएको छ।

सोमबारको कारोबारमा ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिन आइतबारको ६ अर्ब ४३ करोडको कारोबारभन्दा कम हो।

यस दिन १७९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको सेयर घटेको छ। नारायणी विकास बैंकको सेयर मूल्यमा ९.९९ प्रतिशत र विकास हाइड्रोपावरको सेयरमा ९.९८ प्रतिशतले वृद्धि भएको छ, जसले बजारमा सुधारको संकेत दिएको छ।

विश्लेषकहरूका अनुसार, लगातारको गिरावटपछि बजारमा स्वाभाविक सुधार आएको हो। यद्यपि कारोबार रकममा देखिएको गिरावटले लगानीकर्ताको सतर्कता कायम रहेको देखाउँछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।