नक्कली मार्कसिट बनाएको आरोपमा रास्वपा नेता पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । रूपन्देही प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पक्राउ गरेको छ ।

चितवनको कालिका नगरपालिका–५ का कँडेललाई बिहीबार चितवनबाट नियन्त्रणमा लिएर ल्याइएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

गत साउन ३० गते रूपन्देहीको बेलहियामा ठूलो परिमाणमा विभिन्न विश्वविद्यालयका नक्कली प्रमाणपत्रसहित एक भारतीय युवक अभिषेक यादव पक्राउ परेपछि अनुसन्धानक्रममा कँडेलको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

यादवको साथबाट त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय परीक्षा बोर्ड, भारतीय विश्वविद्यालयका सयौं नक्कली ट्रान्सक्रिप्ट, प्रमाणपत्र, होलोग्राम र स्ट्याम्प बरामद भएको प्रहरीले जनाएको छ ।

पूर्वशिक्षक कँडेल चितवनमा कलेज कोच नेपाल प्रालि नामक शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्दै आएका थिए । त्यहीमार्फत उनले नक्कली शैक्षिक प्रमाणपत्र तयार गरी नेपाल र भारतका विभिन्न विश्वविद्यालयका नाममा विद्यार्थीलाई विदेश पठाउने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

कँडेल यसअघि पनि नक्कली प्रमाणपत्र प्रकरणकै कारण विद्यालय प्रधानाध्यापक पदका लागि अयोग्य ठहरिएका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।