‘जारी २’ टिमसँगको सहकार्यमा झुमा लिम्बुले ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ गर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चर्चित लोकगायिका झुमा लिम्बु एण्ड दि रैथाने ब्यान्डले नेपाली फिल्म ‘जारी २’ सँगको सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने भएको छ। यो सांगीतिक यात्रा भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट सुरु हुनेछ।

‘जारी २’ फिल्म असोज ३ गतेबाट रिलिज हुने तयारीमा छ। कन्सर्टको पहिलो शोजमा फिल्मको टिमले च्याब्रुङ नाच समेत प्रस्तुत गर्नेछ, जसले सांगीतिक र सांस्कृतिक समावेशीकरणलाई झल्काउने छ।

गायिका झुमा लिम्बुका अनुसार, यो सांगीतिक यात्रा नेपालका १० विभिन्न सहरसम्म पुग्नेछ, जहाँ उनका ब्यान्डका शोलो प्रस्तुति रहने छन्। कन्सर्टहरूमा स्थानीय कला, संस्कृति, लोकगीत र वाद्यवादनलाई विशेष प्राथमिकता दिइने उनले जानकारी दिइन्।

“हाम्रो उद्देश्य केवल मनोरञ्जनमा सीमित छैन,” गायिका लिम्बु भन्छिन्, “लोकसंगीत हाम्रो इतिहास, पहिचान र सामुदायिक आत्माको अभिव्यक्ति हो। ‘रैथाने घुमफिर’ले सहर र गाउँलाई, नयाँ पुस्ता र पुराना परम्परालाई जोड्ने पुल बन्नेछ।”

यस कन्सर्टमार्फत लिम्बु र उनको ब्यान्डले हाक्पारे, पालाम, च्याब्रुङ, घाँटु, सोरठी, डेउडा, मारुनी लगायतका नेपाली मौलिक लोकसंगीत र नृत्यलाई प्रवर्धन गर्ने छन्। हरेक सहरमा हुने कन्सर्टमा स्थानिय कलाकार, वाद्यवादक र संस्कृतिकर्मीहरूलाई समावेश गरिनेछ।

यस वर्ष ‘रैथाने घुमफिर’ केवल नेपालमै केन्द्रित हुने भए पनि, अर्को वर्ष यो अभियानलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने योजना समेत लिम्बुले सार्वजनिक गरेकी छन्।

कार्यक्रमका बाँकी सहर र मितिहरू क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।