काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टाको अवधिमा मधेस र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा वर्षा भएको छ।
महाशाखाले आज (बिहीबार) बिहान ४:४० बजे सार्वजनिक गरेको जानकारी अनुसार सुदूरपश्चिम प्रदेशका डोटी र डडेलधुरा, मधेस प्रदेशको सप्तरी, र बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लालगायत भूभागमा बढी वर्षा भएको हो।
हाल भने वर्षा गराउने प्रणाली कमजोर भई पश्चिमतर्फ सर्दै गएकाले वर्षा क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। साथै, हाललाई कुनै उल्लेखनीय खतरा नरहेको स्पष्ट गरिएको छ।
महाशाखाले बिहान ४:४० बजे सम्मको वर्षा मापनसहितको नक्सा पनि सार्वजनिक गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन सुझाव दिएको छ।

Comment