खुल्यो भदौ ६ गतेबाट रिलिज हुने फिल्म ‘ताराहरू’ को बुकिङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आशान्त शर्मा निर्देशित नेपाली फिल्म ‘ताराहरू’को अग्रिम टिकट बुकिङ सुरु भएको छ। देशकै प्रमुख मल्टिप्लेक्स क्युएफएक्स सिनेमाजले उपत्यकामा ३ र बाहिर ४ गरी जम्मा ७ शो दिएको छ। साथै, आइएनआइ सिनेमाज र वान सिनेमाजमा पनि टिकट बुकिङ खुला भइसकेको छ।

मध्यम वर्गीय परिवारको संघर्षमा आधारित यो फिल्ममा आशान्त शर्मा स्वयं, मेनुका प्रधान, कुन्दुन शाक्य, आभास अधिकारी, मिरा खड्का, प्रभाकर न्यौपाने, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ।

‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो’ बोलका गीत तथा ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेका छन्। वेज प्रालिको ब्यानरमा बनेको फिल्मको कथा निर्देशक शर्माकै हो भने निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्।

भदौ ६ गते शुक्रबारदेखि देशभरका हलहरूमा फिल्म प्रदर्शनमा आउँदैछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।