दराज नेपालद्वारा सातौ सेलर सम्मिटको आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अनलाइन मार्केटप्लेस दराज नेपालद्वारा ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा आफ्नो सातौँ वार्षिक सेलर सम्मिट आयोजना गरेको छ ।

साउन ३० गते ‘ह्याप्पि सेलिंग’ भन्ने नारा सहित आयोजना गरिएको यस कार्यक्रममा देशभरिबाट ४७० जना विक्रेताहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सुरुवाती चरणमा विक्रेताको सशक्तिकरणको उद्देश्यका साथ आयोजना गरिएको सेलर सम्मिटलाई यस बर्ष अझ परिस्कृत गर्दै थप सुदृढताका साथ अघि बढाइएको छ ।

यस बर्षको कार्यक्रम अन्तर्गत दराजले विक्रेताको अनुभवलाई सहज, पहिचानलाई एकीकृत, संलग्नतालाई थप गहिरो, योगदानलाई अझ व्यापक मान्यता दिने र व्यापारलाई अझ सबल बनाउने उद्देश्यका साथ आवश्यक श्रोतहरु प्रदान गर्ने व्यवस्था गरिएको थियो ।

‘दराजको सफलताको प्रमुख आधार नै हाम्रा विक्रेताहरूको समर्पण र लगनशीलता हो । हामी स्थानीय साना तथा मझौला उद्यम (एसएमई) व्यवसायलाई अझ सक्षम बनाउन, लाखौं उपभोक्तासम्मको पहुँच दिलाउन र उहाँहरूलाई आवश्यक डिजिटल उपकरण उपलब्ध गराउन सदैव प्रतिबद्ध छौं । ‘‘ह्याप्पि सेलिंग’ ’ मार्फत हामी हाम्रा विक्रेताहरूको विश्वसनीय सहयात्री बन्ने प्रतिवद्धतालाई पुन: पुष्टि गर्न चाहान्छौँ । ‘, दराज नेपालका प्रबन्ध निर्देशक आँचल कुँवरले भनिन् ।

कार्यक्रममा दराज नेपालको नेतृत्व टोलीले पनि विक्रेताहरूसँगको सहकार्यले कसरी कम्पनीको वृद्धि र नेपालमा ई–कमर्सको विस्तारमा उल्लेखनिय भूमिका खेलेको छ भन्ने बारे आफ्ना अमूल्य दृष्टिकोणहरू पनि साझा गरेका थिए ।

कार्यक्रमको संध्याकालीन सत्रको मुख्य आकर्षणका रुपमा २२ जना उत्कृष्ट विक्रेता तथा एफिलिएटहरूलाई सम्मानित गर्नु पनि रहेको थियो ।

यस वर्षको दराज सेलर सम्मिटमा पुरस्कार जित्न सफल विजेताहरू को सुची यस प्रकार रहेको छ :

-सेलर अफ द ईयर २०२५ : वान प्लस
-मनबाटै नेपाली अवार्ड : त्रीकाया
-टप एसएमई सेलर अवार्ड : स्मार्ट च्वाइस एनपी
-टप ईमर्जिंग सेलर अवार्ड : ग्लेन नेपाल
-दराज राइजिंग एफिलिएट अफ द ईयर : श्रृष्टि सुनुवार
-टप सेलर अफ द ईयर , एफएमसीजी : ¥होटो
-फ्ल्याश सेल हिरो, एफएमसीजी : अस्टाबेरी
-क्याम्पेन हिरो, एफएमसीजी : अवीबी
-मोस्ट ईन्गेजिंग कन्टेन्ट क्रिएटर अफ द ईयर : सुक्शिता घिमिरे
-टप सेलर अफ द ईयर, ईलेक्ट्रोनिक्स : अल्टिमा लाइफस्टाइल
-फ्ल्याश सेल हिरो, ईलेक्ट्रोनिक्स : ग्रिन लाईफ एक्स्पेरियन्स
-क्याम्पेन हिरो, ईलेक्ट्रोनिक्स : बिग डिजिटल
-दराज एफिलिएट अफ द ईयर : एकता तन्डुकार
-टप सेलर अफ द ईयर, लाईफस्टाइल : साम प्रोफाइल न्यूट्रिशन नेपाल
-फ्ल्याश सेल हिरो, लाईफस्टाइल : जेम्स स्टोर नेपाल
-क्याम्पेन हिरो, लाईफस्टाइल : आफ्नो पसल
-दराज एक्स्प्रेस सेलर अफ द ईयर : अग्र्यानिक अनलाईन प्रा.लि.
-टप सेलर अफ द ईयर, फेशन : ब्राण्डहाउस
-फ्ल्याश सेल हिरो, फेशन : शप मी
-क्याम्पेन हिरो, फेशन : भ्यान्स
-दराज मार्केटिंग सोल्युशन च्याम्पियन : सेटाफिल
-दराज कस्टमर च्वाइस अवार्ड : ई मेला

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।