जापानको निर्यात सङ्कट गहिरिँदै, गाडी आपूर्ति २८ प्रतिशत घट्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जापानको अमेरिका तर्फको निर्यात जुलाई महिनामा १०.१ प्रतिशतले घटेको छ, जुन लगातार चौथो महिना निर्यात घटेको अवस्थालाई जनाउँछ। जापानको वित्त मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार, यो गिरावट मुख्य रूपमा गाडी र गाडीका पार्टपुर्जाको आपूर्तिमा आएको भारी कमीका कारण भएको हो, जसमा अमेरिकी सरकारले लगाएको नयाँ आयाशुल्कको प्रभाव प्रमुख रहेको बताइएको छ।

तथ्यांक अनुसार, अमेरिकामा जापानी गाडीको निर्यात २८.४ प्रतिशतले घटेको छ भने गाडीका पार्टपुर्जाको निर्यात १७.४ प्रतिशतले कमी आएको छ। यसका साथै, जापानको कुल निर्यात पनि २.६ प्रतिशतले घटेर ९.३६ ट्रिलियन येन (झण्डै ६.३१ मिलियन अमेरिकी डलर) मा झरेको छ, जुन लगातार तेस्रो महिना घटेको हो।

उता, आयात पनि ७.५ प्रतिशतले घटेको मन्त्रालयले जनाएको छ, जसको प्रमुख कारण कच्चा तेल, कोइला र तरल प्राकृतिक ग्याँस (एलएनजी) को मूल्यमा आएको गिरावट र बलियो येन को प्रभाव रहेको छ।

वित्त मन्त्रालयका अनुसार, जुलाई महिनामा जापानको व्यापार घाटा ११७.५ अर्ब येन पुगेको छ, जुन पछिल्लो दुई महिनामा पहिलोपटक घाटामा गएको अवस्था हो। निर्यात र आयात दुबैमा आएको गिरावटले जापानको समग्र व्यापार सन्तुलनमा दबाव सिर्जना गरेको विश्लेषकहरूले बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।