सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा काठमाडौँबाट १ जना  पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति दिएको आरोपमा काठमाडौँबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको अभियोगमा मकवानपुरको मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ परेका हुन्।

नेपाल प्रहरीको साइबर ब्यूरोले गरेको प्रारम्भिक अनुसन्धानबाट उनले सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतका गतिविधि गरेको खुलेको ब्यूरोले जनाएको छ।

प्रजालाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा मंगलबार काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरिएको हो।

उनलाई काठमाडौँ जिल्ला अदालतबाट दुई दिन म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिए। रासस

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।