हिरो मोटोकर्पले आफ्नो नयाँ स्कुटर ‘जुम १२५’ नेपाली बजारमा सार्वजनिक गरेको छ। सीजी मोटर्स, नेपालमा हिरोको आधिकारिक वितरक, ले ‘नाडा अटो शो २०२५’ को अवसर पारेर यो नयाँ स्कुटर सार्वजनिक गरेको हो। कम्पनीले स्कुटरको मूल्य रु ३ लाख ९ हजार ९०० तोकेको छ।
डिजाइन, परफर्मेन्स र प्रविधिको उत्कृष्ट संयोजनमा आधारित ‘जुम १२५’ विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै ल्याइएको देखिन्छ। स्कुटरको स्पोर्टी लुक, आकर्षक इन्टेरियर र एडभान्स फिचरहरूले यसलाई अहिलेको प्रतिस्पर्धी बजारमा एक सशक्त विकल्प बनाएको छ।
१२५ सीसी सेग्मेन्टमा आएको यो मोडलले यामाहा रेजेडआर, टीभीएस एनटर्क र होन्डा डिओ १२५ जस्ता लोकप्रिय स्कुटरहरूसँग प्रतिस्पर्धा गर्नेछ। स्कुटरमा १२४.६ सीसी सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन प्रयोग गरिएको छ, जसले ९.८ बीएचपी पावर र १०.४ एनएम टर्क उत्पादन गर्छ। यो स्कुटरले ० देखि ६० किमी प्रतिघण्टा गति ७.६ सेकेन्डमै प्राप्त गर्न सक्ने क्षमता राख्छ।
जुम १२५ मा एलईडी हेडल्याम्प, १४ इन्च अलोय ह्वील, फ्रन्ट डिस्क ब्रेक, डिजिटल स्पीडोमिटर, स्मार्ट कनेक्ट फिचर, टेलिस्कोपिक फ्रन्ट र मोनोशक रियर सस्पेन्सन जस्ता आधुनिक विशेषताहरू समावेश गरिएका छन्, जसले स्कुटरलाई अझ आकर्षक बनाउँछ।
सीजी मोटर्सले युवापुस्ताको प्राथमिकता र शहर केन्द्रित ट्राफिक अवस्थालाई ध्यानमा राख्दै स्कुटर बजारमा नयाँ अनुभव दिने लक्ष्य राखेको छ। ‘जुम १२५’ को सार्वजनिक घोषणासँगै हिरो मोटोकर्पको स्कुटर लाइनअपमा नयाँ उत्साह थपिएको छ।
Comment