फोटोन टुनल्यान्डका तिनवटा उत्कृष्ट मोडल नाडा अटो शोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपालको पिकअप बजारमा सफलताको परिचय दिइसकेको फोटोन टुनल्यान्ड ले यसपटक नाडा अटो शोमा आफ्नो नवीनतम मोडलहरूसहित बलियो उपस्थिति जनाउँदैछ। अटो शोमा टुनल्यान्ड भी ९, टुनल्यान्ड जी ७ र ई-टुनल्यान्ड जस्ता तीन प्रमुख मोडलहरू प्रदर्शनीमा राखिएका छन्, जसले दर्शक र अटो प्रेमीहरूको ध्यान खिचिरहेका छन्।

नयाँ मोडल टुनल्यान्ड भी ९ एक शक्तिशाली हाइब्रिड पिकअप हो, जुन नेपालको विविध भौगोलिक अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ। चाहे व्यावसायिक प्रयोजन होस् वा साहसिक यात्रा, यो पिकअप हरेक क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम छ। यसको आकर्षक डिजाइन, दमदार इन्जिन र बलियो बनावटले नाडा अटो शोमा विशेष चर्चा बटुलेको छ।

नेपालमै पहिल्यै लोकप्रियता कमाइसकेको टुनल्यान्ड जी ७ ले पनि शोमा राम्रो उपस्थिति जमाएको छ। स्टाइलिश लुक, आरामदायी इन्टेरियर र सहज ड्राइभिङ अनुभव प्रदान गर्ने यो मोडल सहजता र विश्वासको प्रतिक बनेको छ। नेपाली बजारमा यसको माग निरन्तर बढिरहेको छ, जुन यसको भरपर्दो प्रविधि र गुणस्तरीय निर्माणको प्रमाण हो।

यसपटकको अटो शोमा विशेष आकर्षण बनेको छ ई-टुनल्यान्ड, जुन एक इलेक्ट्रिक पिकअप हो। इन्धनरहित प्रविधिको यो मोडल टुनल्यान्डको दिगो भविष्यतर्फको प्रतिबद्धता झल्काउँछ। पारम्परिक टुनल्यान्ड पिकअपहरूमा देखिने पावर र प्रदर्शनको गुणस्तरलाई कायम राख्दै ई-टुनल्यान्डले वातावरणमैत्री समाधान दिन खोजेको छ।

फोटोन ब्रान्ड नेपालमा एमएडब्लू वृद्धि कमर्शियल द्वारा आधिकारिक रूपमा वितरित गरिन्छ। सवारी साधनको गुणस्तर, दिगोपन र इनोभेसनमा केन्द्रित यस कम्पनीले व्यावसायिक र यात्रुवाहक दुवै खालका सवारीसाधनमा ग्राहकहरूलाई भरपर्दो विकल्पहरू प्रदान गर्दै आएको छ।

देशभर फैलिएको बलियो नेटवर्क र प्रोफेसनल आफ्टर सेल्स सर्भिस मार्फत फोटोन टुनल्यान्डका गाडीहरू नेपाली बजारमा विश्वासिलो ब्रान्डको रूपमा स्थापित भइरहेका छन्। नेपालको अटो उद्योगलाई आधुनिक बनाउने अभियानमा एमएडब्लू वृद्धि कमर्शियल अग्रपंक्तिमा रहँदै आएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।