आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज भदौ ४ गते (बुधबार) का लागि देशभर विभिन्न भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले आज बिहान जारी गरेको २४ घण्टे मौसम बुलेटिन अनुसार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भेगहरूमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भूभागहरूमा आंशिक बदलीको अवस्था रहनेछ। ती क्षेत्रका पहाड तथा केही तराई भूभागमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयको लागि भने कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायतका पहाडी क्षेत्रमा सामान्य बदली र अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाड र तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा नेपालको औसत स्थानभन्दा दक्षिणतर्फ सरेको छ, जसका कारण मनसुन केही कमजोर अवस्थामा देखिएको छ। यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालमा प्रवेश गर्ने क्रम जारी रहेकाले वर्षाको सम्भावना कायमै रहेको महाशाखाले उल्लेख गरेको छ। सम्भावित भारी वर्षाले गर्दा बाढी, पहिरो, सडक अबरुद्धजस्ता जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।