विश्व फोटोग्राफी दिवसमा फोटोपत्रकार वन्तको ‘फ्लाइट एन्ड फ्रेम’ एकल फोटो प्रदर्शनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) ले फोटोपत्रकार प्रदीपराज वन्तको ‘Flight and Frame’ नामक एकल फोटो प्रदर्शनी आयोजना गरेको छ।

मंगलबार काठमाडौंको हनुमानढोका दरबार परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म भएको प्रदर्शनीमा वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रधानमन्त्री कार्यकालमा अफिसियल फोटोपत्रकारका रूपमा हवाई यात्रादरम्यान खिचिएका नेपालका विभिन्न जिल्लाका भौगोलिक तथा पर्यटकीय दृश्यलाई समेट्ने ६० वटा तस्वीर प्रदर्शनमा राखेका थिए।

यो पहिलो पटक हो कि एनएफपिजे नेपालले आफ्ना सदस्यकै एकल फोटो प्रदर्शनी आयोजना गरेको हो। कार्यक्रममा सस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्त रूपमा प्रदर्शनी उद्घाटन गरेका थिए। कार्यक्रममा संस्थाका सदस्यहरुसहित फोटोपत्रकार, फोटोग्राफर, सञ्चारकर्मी तथा फोटोप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष वन्तले प्रदर्शनीलाई सर्वसाधारण लक्षित गरी आयोजना गरिएको बताए। उनका अनुसार, कार्यक्रममा स्थानीयबासी, आन्तरिक पर्यटक तथा विदेशी पर्यटकहरूले समेत प्रदर्शनी अवलोकन गरेका थिए।

महासचिव घनश्याम श्रेष्ठका अनुसार प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई अझ प्रष्ट रूपमा समाजसामु प्रस्तुत गर्ने उद्देश्य लिएको हो।

वर्तमानमा वन्त राष्ट्रिय समाचार समिति (रासस) का सिनियर फोटोपत्रकार समेत हुन्। संस्थाले आगामी दिनमा अन्य सदस्यहरूको पनि एकल फोटो प्रदर्शनी गर्दै लैजाने जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।