सामान्य अंकले नेप्से, कारोबार रकम साढे ५ अर्बमै सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मंगलबार नेप्से परिसुचक सामान्य अंकले बढेको छ। ६.५१ अंकले बढेर २७७६.९० बिन्दुमा पुगेर रोकिएको छ।

नेप्से बढेपनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्बबढीको कारोबार भएकोमा मंगलबार कुल ३१६ स्टकको ५ अर्ब ६३ करोड ६५ लाख ४८ हजार ३८ रुपैयाँ बराबरको १ करोड ३१ लाख २४ हजार ३१० कित्ता शेयर कारोबार भएको छ।


आज सेन्सेटिभ इन्डेक्स १.७३ अंकले बढेको छ। फ्लोट इण्डेक्स ०.४० अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.४९ अंकले बढेको छ।

सान्भी इनर्जी लिमिटेडको शेयर मूल्य ४७.४९ रुपैयाँले बढेर ७२७.९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पियोर इनर्जी हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता ५३.१० रुपैयाँले बढेर ९२५.६१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

इस्र्टन हाइड्रो पावरको शेयर मूल्य प्रतिकित्ता २६.९० रुपैयाँले बढेर ६१४.७५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सिटी होटल लिमिटेडको शेयर मूल्य २०.८७ रुपैयाँले बडेर ६०३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यस्तै, नारायण्ीा विकास बैंकको शेयर सबैभन्दा धेरै ६.१४ प्रतिशतले घटेर १४५९.२५ रुपैयाँमा कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रो पावरको शेयर मूल्य ४.१८ प्रतिशतले घटेर प्रतिकित्ता ५८१.४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

युनाइटेड मोदी हाइड्रो पावर, हिमालयन डिस्टिलरी लिमिटेड, राधी जलविद्युत कम्पनी र बुटवल पार कम्पनीको शयेर सबैभन्दा धेरै कारोबार भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।