काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी ब्रान्ड एक्सपेङले आफ्नो नयाँ मोडेल एक्स–९ नेपाली बजारमा सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्स ले यो गाडीलाई नाडा अटो शो २०२५ मा प्रदर्शनीमा राखेको हो।
कम्पनीका अनुसार, एक्स–९ मा ८४.५ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री राखिएको छ, जसले एकपटक चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्छ। यसमा २३५ किलोवाट क्षमताको फ्रन्ट ह्वील ड्राइभ मोटर जडान गरिएको छ।
आकारका हिसाबले, गाडीको लम्बाइ ५२९३ एमएम, चौडाइ १९८८ एमएम र उचाइ १७८५ एमएम रहेको छ। क्याबिनतर्फ, पछाडिको सिटका यात्रुका लागि २१.४ इन्चको फोल्ड–डाउन ३के रेजोलुसन डिस्प्ले, साथै प्यानारोमिक सनरुफ र फ्रन्ट सिटब्याक माउन्टेड कन्ट्रोल प्यानल जस्ता आधुनिक फिचरहरू दिइएका छन्।
सस्पेन्सन प्रणालीका लागि गाडीमा ड्युल चेम्बर एयर स्प्रिङ सिस्टम, डबल विसबोन र मल्टिलिंक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग गरिएको छ।
सीजी मोटर्सले एक्स–९ को नेपाली बजार मूल्य २ करोड २० लाख रुपैयाँ तोकेको छ।
Comment