नाडा अटो शोमा ‘सुजुकी इ–भितारा’ सार्वजनिक,६ लाखसम्म नगद छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक वितरक सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले निकै प्रतिक्षा गरिएको आफ्नो पहिलो मास–प्रोडक्सन इलेक्ट्रिक एसयूभी इ–भितारा नाडा अटो शो २०८२ मा सार्वजनिक गरेको छ। यससँगै दशैं–तिहार लक्षित ‘सुजुकी पर्वोत्सव अफर’ पनि घोषणा गरिएको छ।

अफर अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको निःशुल्क बीमा, ६ वर्षसम्मको एःक् पार्ट्स, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र एक्सेसरिज पाउनेछन्। साथै, शो अवधिभर गाडी खरिद गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छुट पाउने र १० भाग्यशालीले १ तोला सुन जित्ने अवसर पाउने कम्पनीले जनाएको छ। अल्टो र सेलेरियोमा भने १ वर्षसम्म शून्य ब्याजदर सुविधा उपलब्ध हुनेछ।

इ–भितारा नेपालका सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखी परिष्कृत गरिएको एसयूभी हो। यसमा ४।२ मिटर लम्बाइ, २७०० एमएम ह्वीलबेस, १८० एमएम ग्राउन्ड क्लियरेन्स, आकर्षक ीभ्म् म्च्ीक, १९ इन्च अलोय ह्वील र प्यानोरामिक सनरुफ उपलब्ध छन्। पाँच रंग विकल्पमा गाडी उपलब्ध हुनेछ।

भितरि सुविधामा १०।१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट, डिजिटल ड्राइभर डिस्प्ले, एप्पल कारप्ले, एन्ड्रोइड अटो, वायरलेस चार्जिङ र एम्बियन्स लाइटिङ रहेको छ।

सुरक्षाका लागि गाडीमा एडभान्स ड्राइभर असिस्टेन्ट सिस्टम ९लेवल–२०, ३६० डिग्री क्यामेरा र फास्ट चार्जिङ सुविधा उपलब्ध छन्। फास्ट चार्जिङबाट ३० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सकिन्छ। गाडीमा ४९ पध्ज र ६१ पध्ज क्षमताका ब्याट्री प्याक रहनेछन्, जसले ०–१०० किमीरघन्टा गति ९ सेकेन्डमै पुरा गर्ने क्षमता दिन्छ।

चार्जिङ सुविधामा सामान्य घरायसी चार्जरमार्फत ७–८ घण्टामा फुल चार्ज गर्न सकिन्छ। ठूलो ब्याट्री प्याकले ५०० किलोमिटर, सानो प्याकले ४०० किलोमिटर सम्मको रेन्ज दिने कम्पनीले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।