असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

२०७९ साल असोज २० गते मन्त्रीस्तरीय समितिको निर्णयअनुसार यो व्यवस्था सबै प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालयमार्फत कार्यान्वयन हुने विभागले जनाएको छ।

मंगलबार जारी सूचनामा विभागले सबै सवारीधनीलाई सम्बन्धित यातायात कार्यालयमा गई इम्बोस्ड नम्बर प्लेट जडान गर्न आग्रह गरेको छ। सूचनामा भनिएको छ, “सबै सवारीधनीहरूले यथाशीघ्र सम्बन्धित यातायात कार्यालयमा गई हाइ सेक्युरिटी इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेछ।”

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।